सर्वाधिक चिसो स्थान, -७१ डिग्रीमा घोडा र हरिणको मासु खाएर बस्छन् मान्छे, मृत्यु हुँदा भोग्नुपर्छ यस्तो कष्ट



एजेन्सी । विश्वकै सर्बाधिक सिो स्थान कुन होला रु बढ्दो चिसोका बिचमा -७१ डिग्री तापक्रम रहेको यो स्थान रुसको हो । रुसको यो स्थान विश्वकै सर्वाधिक चिसो स्थान मध्येको हो । जहाँ आजपनि मानव बस्ती रहेको छ । रूसको ओयमयकों गाँउमा ५०० मानिसहरुको बसोबार रहेको बताइएको छ ।

जहाँको तापक्रम सामान्य अवस्थामा समेत माइनस ५० डिग्री रहने गरेको छ । घोडा र हरिणको मासु खाएर उक्त स्थानमा बस्ने मानिसहरुलाई सबैभन्दा ठूलो समस्या त्यतिबेला पर्छ जतिबेला उक्त स्थानमा कसैको मृत्यु हुन्छ ।

कसैको मृत्यु भए त्यसलाई गाड्न ३ दिन लाग्छ । मृत्यु भएपछि शव गाड्नका लागी ३ दिनसम्म उक्त खाडल खन्नका लागी कोइला बाल्नुपर्ने हुन्छ । जुन सँधै सबै समयमा सम्भव नहुन पनि सक्छ ।

Comment