सन्तपुर नमुना वस्ती हस्तान्तरण गर्ने तयारीमा धुर्मुस – सुन्तली, ठूलो रकम अपुग

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

काठमाडौं – सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुर वस्तीमा एकीकृत नमूना वस्ती आउँदो माघ २१ गते हस्तान्तरण गर्ने भएका छन्। माघ २४ मा हस्तान्तरण गरिने भनिएको सो नमुना बस्ती माघ २१ गते नै हस्तान्तरण गरिने भएको छ ।

बस्ती निर्माणमा जुटेको तीन महिनामा नै सन्तपुर नमुना वस्तीको काम पुरा भएको हो । धुर्मुसका अनुसार बस्ती निर्माणको क्रममा ५ करोड ९५ लाख अनुमानित बजेट छुट्याइएकोमा करिब ४ करोड ३१ लाखभन्दा बढी रकम खर्च भइसकेको छ।

अझै १ करोड ५० लाख रकम नपुगेको जानकारी दिदैं उनले थप सहयोग आवश्यक रहेको बताएका छन् ।घरहरु सरकारी मापदण्ड अनुसार दुई तल्लाको, चार वटा कोठा, भूकम्प प्रतिरोधी, एक धारा, एक शौचालय र एक बगैँचा निर्माण भएका फाउण्डेसनले जनाएको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!