आजको राशिफल : बि.स.२०७४ पौष २९ गते । शनिबार । ईश्वी सन् २०१८ जनवरी १३ तारिख । नेपाल सम्बत् ११३८ ।

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

ओएसनेपाल, क्यालिफोर्निया । बि.स.२०७४ पौष २९ गते । शनिबार । ईश्वी सन् २०१८ जनवरी १३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि दुवादशी ४५ घडी ०९ पला,रातको १२ बजेर ०१ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अनुराधा १२ घडी ५४ पला,दिउसो १२ बजेर ७ मिनेट उप्रान्त ज्येष्ठा । योग गंड ०३ घडि ५१ पला,बिहान ०८ बजेर ३० मिनेट उप्रान्त वृद्धि । करण कौलव,दिउसो १२ बजेर ०७ मिनेट उप्रान्त तैतिल,रातको १ बजेर १ मिनेट उप्रान्त गर । आनन्दादिमा अमृत योग । चन्द्रराशि बृश्चिक।

काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २७ मिनेट जादा । दिनमान २६ घडी १३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिदिबहिनिबाट भनेजस्तो सहयोग प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । भौतिक शुख सुबिधा एबम् सत्कार मिल्ने समय रहेको छ । समाजमा नाम तथा दाम कमाउने तथा ईज्जतिलो काम गर्ने अवसर मिल्नेछ भने मान,सम्मान,प्रतिष्ठामा बृद्धि भएर जानेछ । आर्थिक क्षेत्र सबल बनाउँन गरिने लगानिबाट राम्रो प्रतिफल पाईने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । बिद्यामा तथा प्रतिश्पर्धामा तपाईकै जित निश्चित छ ।

शुभ अंक — १,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण

शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । कृषि तथा सहकारि क्षेत्रलाई समय सापेक्ष परिमार्जन गरि भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँनाले नयाँ कुराहरु पत्ता लगाउँन सकिनेछ । माया प्रेममा आफ्नो मायालुसँग दिनभरु सँगै रहेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । भौतिक सम्पति आकस्मिक लाभ हुनेछ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन् ।

शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुँने हुँनाले सोच बिचार गरेर काम गर्नुहोला ।

शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम

शुभ रंग — सुन्तला कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

शुभ अंक — ४,९ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेसि सामान तथा रुपैया पैसा हातलागि हुँने योग रहेको छ । सरकारि तथा गैर सरकारि सस्थामा नोकरि तथा पदोन्नति हुँने गतिलो सम्भावना रहेको छ । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने प्रतिश्पर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ । दाजुभाई तथा बुवाबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — १,२ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निति निर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ भने झन्झटिलो यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!