ऋचाले आधा लभ कै कारण बिनयको आग्रह अस्विकार गरिन वा अन्य केही कारण ?

Posted By OSNepal, California, USA || Date: 12 January, 2018

नायक बिनय श्रेष्ठ स्टारर रोमियो एण्ड मुना अहिले सोही चलचित्रको मेकिङमा ब्यस्त छन् । केही समय अगाडि सोही चलचित्रको गीत रिलिजको दिन उनले दिएको सर्प्राईजले दर्शक साच्चिकै सर्प्राईज नै भएका थिए । प्रेस सो मा बिनयले बिकिनिलगाएका दुई महिलालाई अंगाल्दै प्रेस शो मा उपस्थित भएपछी दर्शक मात्र कहाँ होर ? पत्रकार र कलाकारमी नै चकित थिए ।

रोमियो एण्ड मुनामा समावेश गीत स्याण्ड विच मी ले एक चोटि नेपाली सिने तातेको थियो नै तर त्यो सेलाउन नपाउदै उक्त गीत युटुब बाट ब्याण्ड गरियो । आखिर किन गर्‍यो युटुबले स्याण्ड विच मि लाई ब्याण्ड भन्ने हाम्रो प्रश्नमा बिनय भन्छन् ” किन गर्‍यो भन्ने थाहा छैन तर पछी हामीले क्लेरिफाई दिएपछी उक्त गीत रेपोस्ट गर्दा ४ मिनेटमा ७५ हजार भिउ देख्दा एकदमै खुशी लाग्यो । ”

रोमियो एण्ड मुनाको कुराकानी गरिरहदा बिनयलाई ऋचा शर्मा संग फेरी एउटै स्क्रिनमा देख्न दर्शकले पाउछन् कि पाउदैनन् भन्ने प्रश्नमा बिनय भन्छन् ” रोमियो एण्ड मुनामा ऋचालाई अफर गरेको हो तर उहाको आधा लभको ब्यस्तताले उहाले गर्न मान्नु भएन । ” खासमा के ऋचाले आधा लभ कै कारण बिनयको आग्रह अस्विकार गरिन वा अन्य केही कारण ?

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!