गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष : मन्त्री किराती — OSNepal

गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष : मन्त्री किराती

LC (KTM) September 03, 2023 0

मोरङ, १७ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरस सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दाबी गर्नुभयो ।

मन्त्री किरातीले भन्नुभयो, “इतिहासदेखि जातीय द्वन्द्व र साप्रदायिक सद्भाव खलबलाउने कार्य नेपाली जनताले अस्वीकार गरेका छन् भन्दै आफ्नो संस्कृतिलाई लागू गर्दा अर्काको संस्कृतिमा आँच आउन दिनु हँुदैन ।” सरकारले सञ्चालन गरेको भ्रष्टाचार न्यूनीकरण अभियान नरोकिने भन्दै उहाँले अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री किरातीले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी मोडलमा मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा छिट्टै प्रस्ताव लग्ने जानकारी दिनुभयो । उहाँले जनताप्रति उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रमा सहज रुपमा आवतजावत गर्न हवाई उडान सञ्चालनका लागि एयरलाइन्सले आफ्नै लगानीमा तीनवटा साना जहाज खरिद गर्न लागेको बताउनुभयो ।

मन्त्री किरातीले ल्यारक्याल लामा विवादित नभएर विवाविद बनाइएको तर्क गर्दै उहाँ नेपालको कुनै पनि संवैधानिक निकायमा दोषी नठहरिएकाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गर्नाका साथै यो जायज भएको बताउनुभयो । उहाँले प्रकृति र संस्कृति नेपालको सुन भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई ब्रान्डिङ गरी प्रस्तुत गर्न सकेमा लाखौँ पर्यटकको आगमन हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर