यी हुन् एमाले केन्द्रीय सचिवालयको बैठकका निर्णय



काठमाडौं : अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड पुगेपछि ईश्वर पोखरेलको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठक बसेको छ । बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ ।
(क) मापदण्ड
१. संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ।
२. पार्टीमा लामो योगदान गरेका ।
३. पार्टीस“ग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ।
४. भौगोलिक र सामाजिक सन्तुलन
५. स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।
६. विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु ।
(ख) सिफारिसका प्रक्रिया
प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।
(ग) राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले गर्नुपर्नेछ ।
त्यसैगरी बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सँगै विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर विरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीहरुलाई तत्काल परिचालित हुन पनि निर्देशित गरिएको छ ।

Comment