वैदेशिक रोजगार विभागका नासु दुई लाख बढी घुससहित पक्राउ

Posted By OSNepal, California, USA || Date: 13 January, 2018

काठमाडौं : वैदेशिक रोजगार विभाग काठमडौं कार्यालयका नायब सुब्बा(नासु) नगेन्द्रप्रसाद गौतम साढे दुई लाख घुससहित पक्राउ परेका छन् ।

श्रमग्राम ताहाचलको कतार शाखामा कार्यरत गौतमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ठमेल नजिकै एक होटलमा घुस रकमसहित पक्राउ गरेको हो ।

गौतमले श्रम स्वीकृती गराइदिने तथा एयरपोर्ट सेटिङ मिलाई विदेश पठाउने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । उनीमाथि अख्तियारले अनुसन्धान अगाडि बढाएको छ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!