इन्टरनेटमा अब भारतीय एकाधिकार तोडियो : नेपाल चीन हुँदै विश्व सञ्जालमा

Posted By OSNepal, California, USA || Date: 13 January, 2018

काठमाडौं : शुक्रबारदेखि चिनियाँ बाटो हुँदै नेपालको इन्टरनेट विश्व सञ्जालमा जोडिदएको छ । नेपाल र चीनबीच बनेको क्रसबोर्डर अप्टिकल फाइबर लिंकको उद्घाटन भएसँगै नेपाल इन्टरनेटको अन्तराष्ट्रिय आवद्धतामा चीनसँग जोडिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए।

चीनसँग नेपाल इन्टरनेटमा जोडिएपछि अब इन्टरनेटमा समस्या नआउने वैद्यको भनाइ छ । भारत र चीनसँगको इन्टरनेट आवद्धताले नेपाललाई इन्टरनेटको टा«न्सफर हव को रुपमा स्थापना गर्न सकिने र इन्टरनेट प्रयोगकर्ताले पनि सुलभ र गुणस्तरीय इन्टरनेटको प्रयोग गर्न पाउने उनको विश्वास छ ।

०७३ भदौमै केरुङ नाकामा अप्टिकल फाइबरसँग जोडिएको टेलिकमले २०७३ मंसिरमा आइपी सर्भिस आदान प्रदानका लागि सम्झौता गरेको थियो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!