बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

Posted By OSNepal, California, USA || Date: 13 January, 2018

सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन ।नयाँ पत्रिकाले छापेको छ ।

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

सहिद घोषणा गरिएकाहरू

(गोपालआनन्द राई

(गंगाबहादुर तुर्हाङ राई

(भैरवबहादुर खालिङ

(बलबहादुर खत्री

(पुत्रमान राई

(टंकबहादुर विश्वकर्मा

(रणध्वज पुमा राई

(गणेशबहादुर विश्वकर्मा

(हाङ्खिमा साइँली राई

(झगेन्द्र राई

(धनवीर दर्जी

(चन्द्रबहादुर दमाईं

(रामकुमारी राई

(गम्भीरमान दर्जी

(केशरमान राई

(लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!