पहिलो पटक साउदी अरेबियाका महिला फुटबल हेर्न रंगशालामा



काठमाडौं : साउदी अरेबिया विकासका हिसाबले थुप्रै अगाडि बए पनि महिलाको मामलामा भने धार्मिक कारणले धेरै पछाडि छ । जहाँ महिलालाई पहिलो पटक फुटबल खेल हेर्न छुट दिइएको छ ।

पहिलो पटक तयहाँका महिलाले प्रहरीको कडा निगरानीमा रहेर रंगशालाको प्याराफिटमा बसेर फुटबल हेर्न पाएका छन् । महिलामाथि कडा नियम लागु रहेको परम्परावादी मुस्लिम देश साउदी अरेबियामा शुक्रबार पहिलो पटक महिलाले रंगशालामै पुगेर फुटबल हेरेका हुन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरे अनुसार शुक्रबार जेद्धाह शहरमा रहेको रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित उपस्थित भएका थिए । उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो ।

साउदी अरेबियामा दशकौँदेखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध रहेको थियो ।तर युवराज मोहम्मद विनको सुधार योजना अन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ ।

यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हर्ने दिइने छ । यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको थियो ।

Comment