नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा तोडे १९ वर्ष अघिको कीर्तिमान



काठमाडौं : नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन् ।

शुक्रबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १ सय ५ केजी तौलमा स्नाचतर्फ १९ वर्षअघिको कीर्तिमानलाई भंग गर्दै उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनले स्नाचमा १ सय २१ किलो तौल उठाए । यसअघि मदन शिवभक्तिले आठौं साफ गेममा १ सय २० किलो तौल उठाएर कीर्तिमान कायम गरेका थिए ।

यस्तै पोखराको उद्योग बाणिज्य संघको हलमा भएको च्याम्पियनसिपमा सेनाकै पुकार गुरुङ्गले १०५ केजी माथिको तौलमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण प्राप्त गरे । । उनले स्नाचमा सातौं राष्ट्रिय खेलकुदमा राखेको १२४ केजी तौलमा सुधार गर्दै १२५ केजी भार बहन गरे ।

Comment