मिर्गौला पीडित शिव कुँवरलाई ११ लाख आर्थिक सहयोग



भद्रपुर, २९ पुसः शिव कुँवर बचाऔँ अभियानले आफूले संकलन गरेको आर्थिक सहयोग रु ११ लाख मिर्गौला पीडित शिव कुँवरका पिता कृष्णलाई शुक्रबार हस्तान्तरण गरेको छ ।

यसैबीच झापाको ज्यामिरगढी स्वास्थ्य चौकीमा शुक्रबार अर्थोपेडिकसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क औषधि वितरण गरिएको शिविरमा ३५० रोगीले स्वास्थ्य लाभ लिए । शिविरमा अर्थोपेडिक अस्पतालका डा अनिल घिमिरे, प्रकाश ज्ञवाली, मन्दीप कार्की र फर्मासिष्ट चन्द्रज्योति शाक्यको सहयोग रहेको थियो ।

त्यसैगरी झापा जिल्ला कारागारका केही बन्दीका लागि पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको रोटरियन विगत ओझाले जानकारी दिनुभयो ।नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा, रोटरी क्लब अफ भद्रपुर र मारबाडी महिला मञ्च भद्रपुरको आयोजनामा सम्पन्न शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँको प्राविधिक सहयोग रहेको नेपाल अपांग संघ झापाका अध्यक्ष धनजुजु श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

Comment