आजको राशिफल : बि.स.२०७४ पौष ३० गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी १४ तारिख । नेपाल सम्बत् ११३८ ।

Posted By OSNepal, California, USA || Date: 13 January, 2018

ओएसनेपाल क्यालीफोर्निया – बि.स.२०७४ पौष ३० गते । आईतबार । ईश्वी सन् २०१८ जनवरी १४ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि त्रयोदशी ५० घडी १२ पला । नक्षत्र ज्येष्ठा १८ घडी ४६ पला,दिउसो २ बजेर २८ मिनेट उप्रान्त मूल । योग वृद्धि ०४ घडि ३० पला,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त ध्रुव । करण गर,दिउसो २ बजेर ० मिनेट उप्रान्त वणिज,रातको ३ बजेर ३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा काण योग । चन्द्रराशि बृश्चिक,दिउसो २ बजेर २८ मिनेट उप्रान्त धनु ।

काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २८ मिनेट जादा । दिनमान २६ घडी १६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ भने प्रेम प्रशङमा अबिश्वास सिर्जना हुन सक्छ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । लामो दुरिको अध्ययन यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने पढाई लेखाईमा सफलता मिल्नेछ ।

शुभ अंक — १,५ शुभ दिशा — पुर्व

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि नतिजा आफैतिर ल्याउन सकिनेछ । साझेदारि व्यावसाय फस्टाएर जानेछ । ब्याबसायिक यात्राको सन्द्रर्भमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुनेछ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । साझपखको समय मध्ययम रहेकोले आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ ध्यान दिनुहोला ।

शुभ अंक — २,६ शुभ दिशा — दक्षिण

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुनाले घर परिवारमा खुसियालि छाउँनेछ । प्रतिश्पर्धामा पतिश्पर्धिहरुलाई हराउँदै सम्मानजनक पद प्राप्त गर्न सकिनेछ भने बिपक्षिहरु आफै किनारा लाग्नेछन् । सम्मानित ब्यात्तित्व सँग बसेर व्यापार बिस्तारको सवालमा दिईने तपाईको प्रश्तुतिले नयाँ तरङग पैदा गर्नेछ । अध्ययन तथा अध्यापनमा प्रगति गर्दै नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । साथिभाई तथा मन परेको मानिसलाई लिएर रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेममा आफ्नो प्रीयपात्र लाई लिएर नयाँ नयाँ दृष्यहरु हेर्ने अवसर प्राप्त हुँने हुँदा दिनलाई रमाईलोका साथ कटाउँन सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा बढीनै समय लगानि गर्नु पर्नेछ भने आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । नचाहादा नचाहादै आफ्नो प्रिय पात्र तथा माया गर्ने मानिस सँग टाडिनु पर्दा मन खिन्न हुनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ । पढाई लेखाईमा सुधार हुने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनाबस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा,आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिनु पर्दा मन खिन्न हुनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । साझपखको समय मध्ययम रहेकोले आफन्त तथा आमा सँग टाडिनु पर्ने बाध्यता आउनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले छोटो तथा रमाईलो यात्राको तय हुनेछ । दाजुभाई तथा छिमेकबाट आर्थिक सहयोग तथा सकारात्मक सल्लाह पाईनेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

शुभ अंक — ३,७ शुभ दिशा — पश्चिम

शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । साझपखको समय मध्ययम रहेकोले आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा चिसोपनको शुरुवात हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

शुभ अंक — ४,५ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुँनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुनको साथै दाम्पत्य जिबन सुखि रहनेछ । साझपखको समय मध्ययम रहेकोले आफन्त सँग टाडिएर लामो दुरिको यात्रा हुनेछ । गलत काम भुलेर पनि नगर्नुहोला जरिवाना हुने योग रहेकोछ ।

शुभ अंक — २,४ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सम्मानित काम गरेर समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । राजनिति तथा सामाजिक क्षेत्रमा तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाजको बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा तपाईको ओजिलो निर्णय क्षमताको सम्मान हुँनेछ । तपाईको सरल जिवन शैलि देखि आफन्त,साथिभाई तथा छिमेकिहरुका लागि सिक्ने अवसर मिल्नेछ भने तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ तथा पति पत्निबिच बिश्वासको बातावरेण बढेर जानेछ ।

शुभ अंक — ३,८ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोचेको तथा चिताएको काममा बाधा बिरोध गर्नेहरु प्रशस्त भेटिनेछन् । समय तथा परिस्थितिले ब्यास्त बनाएपनि न्यून उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । पढाई लेखाईमा नतिजा आफुतिर ल्याउँनको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानि बढाएर प्रशस्त आम्दानि गर्न सकिनेछ ।

शुभ अंक — ३,४ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!