पोखरामा गन्र्धव गुञ्जन संगीत उत्सव



(एनपि न्यूज डटनेट) २१ असार- गन्र्धव जातिको प्रमुख बाजा सारंगीको संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले पोखरामा आजदेखि गन्र्धव गुञ्जन संगीत उत्सव सुरु भएको छ । नेपाल संगीत नाट्य एकेडेमी काठमाडौंको आयोजना र पोख्रेली युवा साँस्कृतिक परिवारको संयोजनमा सुरु भएको उत्सवको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अमर गुरुङले उद्घाटन गरेका हुन् ।

उत्सवको उद्घाट्न गर्दै कुलपति गुरुङले जमाना अनुसार परिमार्जन र परिस्कृत गर्न नसक्दा सारंगी र अर्बाजोको महत्व बढ्न नसकेको बताए । सारंगी र अर्बाजोको संरक्षण तथा प्रचार–प्रसार गरेर नेपाली लोकसंगीत तथा संस्कृतिको प्रवद्र्धन गर्नुपर्नेमा कुलपति गुरुङले जोड दिए । दुई दिनसम्म चल्ने उत्सवमा देशभरका ५० भन्दा बढी गन्र्धव सहभागी छन् ।

Comment