मातृभुमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न |

Posted By OSNepal, California, USA || Date: 14 January, 2018

ओएस नेपाल, अमेरिका क्यालिफोर्निया /

रोजगारीको सिलसिलामा इजरायलमा रहेका नेपालको पर्वत जिल्लाका प्रबाशी नेपालीहरु आबद्ध रहेको संस्था मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन शुक्रबार साँझ  इजरायलको तेलअबिभमा  सम्पन्न भएको छ ।पुरानो कार्यसमितिलाइ बिगठन गर्दै  दीया चापागाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति पनि चयन भएको हो  |

इजरायलस्थित विभिन्न संघसंस्था, कलाकार मिडियाकर्मीको उल्लेख्यिय उपस्थिती रहेको उक्त  कार्यक्रममा नेपाली राजदूतावासका उपनियोग प्रमुख हरिहरकान्त पौडेल प्रमुख अतिथि रहेका थिए भने बिशिष्ट अतिथिमा गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष छिरिङ शेर्पा र गैरआवासीय नेपाली संघ इजरायलका अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य दीपकप्रसाद ओली रहेका थिए ।अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले मातृभूमिका लागि पर्वत सेवा समाजले आफ्नो जन्मभूमिका लागि धेरै राम्रा रचनात्मक कार्य गर्ने गरेको र आउँदा दिनमा अझै सक्रिय भएर काम गर्न सुझाव दिए भने– ‘कामको सिलसिलामा विश्वको जुनसुकै मुलुकमा रहेको भएपनि हरेक नेपाली नागरिकले आफ्नो गाउँठाउँको विकासनिर्माणका लागि सकेको र जानेको सहयोग गर्नुपर्ने दायित्व हुन्छ, त्यसका लागि मातृभूमिका लागि पर्वत सेवा समाज गतिलो उदाहरण रहेको पुस्टि गर्नु भयो |

 

मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशनबाट मनोनित कार्यसमिति हरुमा १. अध्यक्ष — दीया चापागाईं २. वरिष्ठ उपाध्यक्ष — कुशुम कुमाल ३. ज्योति शर्मा — उपाध्यक्ष ४. महासचिव —- हिरा श्रेष्ठ ५. कोषाध्यक्ष —- नारायण गौडेल कार्यसमिती सदस्यहरु : १. शान्त सुवेदी २. रमा जोशी ३. राधा जोशी ४. मन्जु गुरुङ ५. सुशीला हमाल ६. सरस्वती लामिछाने सल्लाहकारहरु : १. नरेन्द्र क्षेत्री २. ओबी भुसाल ३. रामचन्द्र लामिछाने १. संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय संमन्वय संयोजक – नरेन्द्र क्षेत्री २. अन्तर्राष्ट्रिय समन्वय सह संयोजक– ज्योति शर्मा लगायत रहनु भएको छ मनोनित कार्यसमितिका  व्यक्तित्वहरुलाई  नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका गणेश गिरीले   सपथ ग्रहण गराएका थिए भने  नया कार्य समितिले संस्थाप्रति इमान्दारिताका साथ काम गर्ने, संस्थाको बिधि निर्णय साथै  गोपनियतालाइ आत्मसाथ गर्दै अघि बढ्ने छु भनि सपथ  ग्रहण गरेका थिए |

संस्थाकी नवनिर्वाचित अध्यक्ष चापागाईंले आफूले सबैसँग सरसल्लाह एबम् समन्वय गरेर काम गर्ने बताउदै कार्यक्रममा उपस्थित सम्पूर्णमा हार्दिक धन्यबाद प्रकट गर्नु भयको छ |

 

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!