संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : उपाध्यक्ष पौडेल — OSNepal

संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : उपाध्यक्ष पौडेल

LC (KTM) September 19, 2023 0

सुदूरपश्चिम, २ असोज : नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिकाकै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताउनुभयो ।

दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो संविधान निर्माणमा स्व नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ ।”

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएका सुवास आफ्नो कर्मका कारण सुवास छर्नमा सफलता पाउनुभएको व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो । नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले संविधानको मर्मलाई गाउँ बस्तीमा हामीले पु¥याउन सकेका छौँ÷छैनौँ भन्नेमा सबैले गम्भीर हुने बेला आएको बताउँदै यसको पूर्णपालनातर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले संविधानसभाका अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा एकता, सहमति, मेलमिलाप र सहकार्य गर्न सक्ने नेता गुमाउनुपरेको बताउनुभयो । एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक अध्यक्ष लोकराज अवस्थीलगायतका वक्ताले संविधान निर्माणका बेला स्व नेम्वाङले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर