दुर्गाभवानीको एक घरमा आगलागी,नगदसहित लुगा, कपडा जलेर नष्ट



बैतडी, ४ माघ- बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीमा एक घरमा गएराति आगलागी भएको छ ।दुर्गाभवानीका केशव क्षेत्रीको घरमा आगलागी हुँदा रु ५५ हजार नगदसहित जलेर रु एक लाख ५५ हजारभन्दा बढीको क्षति भएको देहिमाडौँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजबहादुर पालीले जानकारी दिनुभयो ।

विद्युत् तार सर्ट भएर आगलागी भएको र आगलागीबाट घरभित्र रहेका नगदसहित लुगा, कपडा, मोबाइल सेट, रेडियो, खटिया, सोफा, टेबुल, दराज जलेर नष्ट भएको हो । घटनाकोे मुचुल्का तयार गरेको र आज जिल्ला प्रशासन कार्यालयमा पेश गरिने प्रहरी चौकी देहिमाडौँले जनाएको छ ।

Comment