क्रिस ४ ले रिलिज मिति घोषणा गर्‍यो


बलिउड फिल्म क्रिस ४ ले रिलिज मिति घोषणा गरेको छ । गत हप्ता अभिनेता ऋतिक रोशनको जन्मदिनमा निर्देशक राकेश रोशनले चलचित्र निर्माणसँगै रिलिज मिति घोषणा गरेका हुन् ।

चलचित्र २०२० को डिसेम्बर ४ मा रिलिज हुने जानकारी दिएका छन् । यसका अघि बलिउड बक्स अफिसमा धमाका मचाएको क्रिस, क्रिस २ र क्रिस ३ को सिक्वल क्रिस ४ निर्माण गर्न लागिएको हो । चलचित्रमा ऋतिकले अभिनेत्री प्रियंका चोपडा, प्रीति जिन्टा र कंगाना रनाउतले रोमान्स गरिसकेका छन् । तर अब क्रिस ४ माको अभिनेत्री हुनेछिन् भनेर निर्माण पक्षले जानकारी भने दिएको छैन ।

Comment