पंचायतकाल जत्तिको सन्तुलन पनि देखिएन भन्दै अस्थायी केन्द्रबारे यस्तो आपत्ती जनाए बाबुरामले

Posted By OSNepal, California, USA || Date: 18 January, 2018

काठमाडौँ -डा. बाबुराम भट्टराईले प्रदेशको अस्थायी केन्द्र तोकिएकोमा आपत्ति पोखेका छन् ।उनले उनले प्रदेश नम्बर १, ३, ५ र ७ मा केन्द्र तोक्दा पञ्चायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको पनि सन्तुलन नदेखिएको भन्दै आपत्ति पोखेका हुन् ।डा.भट्टराईले संघीयताको मर्म विपरित दल र नेताका निजी स्वार्थ हावी भएको बताएका छन् ।

उनले भनेका छन् ‘प्रदेशका अस्थायी केन्द्र तोक्ने क्रममा संघीयताको मर्म विपरित दल र नेताका निजी स्वार्थ हावी हुनु अत्यन्त दुःखद र खेदजनक छ। खासगरी प्रदेश १, ५ र ७ ९केही हदसम्म ३० मा पंचायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिनु अत्यन्त आपत्तिजनक छ। अब बस्ने प्रदेशसभाले मिलाओस् !’

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!