कहिले होला क्यालिफोर्नियामा कन्सुलर कार्यालयको स्थापना ? प्रधानमन्त्री प्रचण्डले गर्लान् त सहयोग ? — OSNepal

कहिले होला क्यालिफोर्नियामा कन्सुलर कार्यालयको स्थापना ? प्रधानमन्त्री प्रचण्डले गर्लान् त सहयोग ?

LC (KTM) October 01, 2023 0

अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गैरआवासीय नेपाली सङ्घ, क्यालिफोर्निया च्याप्टर क्यालिफोर्नियाका प्रतिनिधिले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा गैर आवासीय नेपाली सङ्घ, क्यालिफोर्निया च्याप्टर क्यालिफोर्नियाका प्रतिनिधिले भेटेर कन्सुलर कार्यालय स्थापना गर्न माग गरेका हुन् । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले अनुरोध पत्र बुझाउँदै एक लाख नेपाली रहेको सो ठाउँमा यथाशीघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरेको छ ।

क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्वारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुङ्गानाले न्युयोर्क पुगेर बुधबार प्रधानमन्त्रीलाई बुझाएका हुन्। प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएका ढुङ्गानाले प्रधानमन्त्री एनआनरएनहरुको मागप्रति सकारात्मक भएको बताए ।

प्रधानमन्त्रीलाई बुझाइएको अनुरोध पत्रमा क्यालिफोर्निया राज्यमा करिब एक लाख नेपालीहरूको बसोबास भएको र अत्यावश्यक कामको लागि नेपालीहरूलाई कठिनाइ भएको स्मरण गराउँदै कन्सुलर कार्यालय शीघ्र स्थापनाको माग गरिएको छ। गैरआवासीय नेपाली सङ्घ, क्यालिफोर्निया च्याप्टर क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न लामो समयदेखि पहल थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर