यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति पुग्यो — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन देशको कति पुग्यो

LC (KTM) October 06, 2023 0

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४।३४ रुपैयाँ र बिक्री दर ८४।७२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ५२ पैसा, बिक्रीदर ९६ रुपैयाँ ९६ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्री दर ९ रूपैयाँ ८८ पैसा कायम रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।४४ रुपैयाँ र बिक्री दर ३५।६० रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८।११ रुपैयाँ र बिक्री दर २८।२४ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ।

यसैगरी, कुवेती दिनार १ को खरिद मूल्य ४२९।६८ पैसा तथा विक्रीदर ४३१।६२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर