रसुवामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते — OSNepal

रसुवामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

LC (KTM) October 10, 2023 0

रसुवा, २२ असोज : आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो ।

नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । घाइतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल पु¥याउन एम्बुलेन्स दुर्घटनास्थलतर्फ पठाइएको प्रहरी प्रमुख बुढाथोकीले राससलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर