जसपा अध्यक्ष यादव स्वदेश फिर्ता — OSNepal

जसपा अध्यक्ष यादव स्वदेश फिर्ता

LC (KTM) October 11, 2023 0

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भई मंगलबार फिर्ता हुनुभएको छ ।

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्नुभएको थियो । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गर्नुभएको थियो ।

अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यसमितिका अध्यक्ष पर्शुराम बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर