महँगी र कालो बजारीले सर्वसाधारण मारमा — OSNepal

महँगी र कालो बजारीले सर्वसाधारण मारमा

LC (KTM) October 11, 2023 0

काठमाडौं । महँगी र कालो बजारीले सर्वसाधारण जनता मारमा परिरहेको बेला बजार अनुगमन गर्ने निकायबीच समन्वय नहुँदा अनुगमन कार्य प्रभावकारी हुन नसकेको पाइएको छ ।

दशैं तिहार नजिकिँदै गर्दा उपभोक्ताको हकहितको सुरक्षा गर्न अनुगमन गर्ने निकायबीच समन्वय नहुँदा दैनिक उपभोग्य सामग्रीको मूल्यमा अनियन्त्रित रूपमा वृद्धि भएको पाइएको छ ।

सर्वसाधारण जनताको ढाड सेक्ने गरी जिरा, चिनी, चामल, चना, गेडागुडी, अन्य तरकारीको मूल्य अत्यधिक आकासिएको छ । अहिले उद्योग वाणिज्य विभाग, नाप तौैल तथा गुणस्तर विभाग, खाद्य विभाग र जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारीको संयोजकत्वमा छुट्टाछुट्टै बजार अनुगमन हुँदै आएको छ । नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

तर, अनुगमन गर्ने निकायबीच आपसी समन्वय नहुँदा अनुगमन गर्ने ठाउँ र पसल दोहोरिने, एक निकाय र अर्को निकायको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको ठान्नेजस्ता समस्याहरू उत्पन्न भएको पाइएको छ । अनुगमन गर्ने फरकफरक शैली, तौरतरिकालाई लिएर निजी क्षेत्रले सधैं बिरोध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर