को हुन् ति जसले सुन्दरी मेलिना राईको मायालाई नचिनेर रुवाएर गए ?



काठमाडौं । नेपाली संगीत क्षेत्रकी चर्चित गायिका मेलिना राईले धेरै वटा रमाईला र स्रोतालाई नचाउने गीत गाएकी छिन् । तर शुक्रबार उनको नयाँ सेन्टिमेन्टल गीतको भिडियो सार्वजनिक भएको छ । मिठो स्वरकी धनी गायिका मेलिना निराश भावमा गाउँछिन्। ‘तिमीले छाडी गएपछि, हाम्रो नाता टुटेपछि….।’

मेलिनालाई यस्तो सेन्टिमेन्टल भावको गीत गाउन लगाएका हुन् संगीतकार महेन्द्र राईले । गायन र संगीतमा सक्रिय राईले सिमन बान्तवा राईको शब्दमा संगीत भरेका छन् । बिनय केटुको संयोजन गरेको गीतको भिडियो भने अमेरिकाको मिचिगन सिटीमा छायाँकन भएको हो । सुरेश घोन्डे गुरुङको निर्देशन रहेको भिडियोमा निर्देशक गुरुङसहित बेदी क्षेत्री र विज्ञ गुरुङको अभिनय छ । सुमन घोन्डे गुरुङ र सुकराज माओको छायाँकन रहेको भिडियोको सम्पादन निर्देशक गुरुङले नै गरेका हुन् ।

Comment