राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना — OSNepal

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

LC (KTM) October 12, 2023 0

काठमाडौँ, २५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गर्नुभएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राससलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर