भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु — OSNepal

भारतमा अर्ध–उच्च गतिको रेल सेवा सुरु

LC (KTM) October 20, 2023 0

नयाँदिल्ली – भारतले शुक्रबार देखि आफ्नो पहिलो अर्ध उच्च गतिको ‘नमो भारत’ नामक रेल सेवा सुरु गरेको अधिकारीहरूले बताएका छन् । आरआरटिएस नामले समेत चिनिने क्षेत्रीय द्रुत रेल सेवाको प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी राज्य उत्तर प्रदेशमा उद्घाटन गर्नुभयो ।

रेलले उत्तर प्रदेशको साहिबाबाद र दुहाई डिपो स्टेसनलाई जोड्नेछ । प्रधानमन्त्री मोदीले जारी गरेको तस्बिरमा उहाँलाई रेलमा स्कुलका बालबालिकासहित सहयात्रीहरु सँग कुराकानी गरिरहेको देखाइएको छ ।

“भारतको पूर्वाधारमा एउटा महत्वपूर्ण विकास ! दिल्ली–मेरठ आरआरटिएस करिडोरले क्षेत्रीय कनेक्टिभिटीमा ठूलो परिवर्तन गर्नेछ”, र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो । अधिकारीहरुका अनुसार दिल्ली–गाजियाबाद–मेरठ १७ किलोमिटर लामो प्राथमिकता भएको खण्ड यात्रुहरूका लागि शनिबारदेखि खुल्ला गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर