तास खेलिरहेको अवस्थामा यति मोटो रकम सहित २२ जना पक्राउ — OSNepal

तास खेलिरहेको अवस्थामा यति मोटो रकम सहित २२ जना पक्राउ

LC (KTM) July 25, 2021 0

काठमाडौं, १० साउन- काठमाडौं महानगरपालिका(२६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका(९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त डान्सवार जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

ङ, घोराही उपमहानगरपालिका(१४ जागृती टोल बस्ने सुरेन्द बहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्री लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार ३ सय २५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका(१७ हिमाली टोल बस्ने सोही महानगरपालिका(२६ बुढीबजार घर भएका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ३ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर