एक शब्दले कति प्रभाव पार्न सक्न – सुबासजी की नाइसजी ?


सुबास तामांग – नाइसजी

” सुबासजीलाई चिनेको पनि सायद पाँच-छ बर्ष भएछ, मान्छे एकदमै रमाइलो – कोइ कोइ बेला हास थाम्नै साह्रो| सुबासजीसंगको कुनै पनि यात्रामा अल्छी हुन्न, हामी छोटो यात्रा देखि – भेगस सम्म यात्रा गरेका छौ | कहिले अरुलाई पिर पारेर नबोल्ने, एकदमै मिलनसार, रमाइलो गर्दा चै खासै तेज मान्छे हैन’कि जसरी रेला गर्दिने तर एकान्तमा चै नयाँ प्रोजेक्ट, कलाकारितामा लागेका भाई-बहिनिहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर कुरा गर्ने सुबासजी एकदम स्मार्ट व्यक्ति हुनुहुन्छ |” – एक नामचलेका भुटानी कलाकारले निकै मजाले खुलेर सुबासजीको बारेमा कुरा गरे | आज भोलि सुबासजीलाई सुबास भन्दा पनि NICE-जी भनेर चिन्ने गर्छन |

मैले (समाचारदाता) एक समाचार पढें पछि फेस-बुकबाटै नम्बर लिएर गफ गरे – मान्छे निक्कै रमाइलो | आज भोलि नाइसले निक्कै चर्चा पाएको छ, अनि आफुलाई नाइसजी भनेर चिन्दा हजुरलाई कस्तो लाग्छ – उनले हास्दै भने ” नेपालमा एक जना तामांगजीलाई हैट भनेर चिनिन्छ यहाँ अमेरिका तिर मलाई नाइस – खै यो तामांगको बरदान नै होला| ” अनि उनि एकछिन मौन रहे भने अनि अलिकति गम्भीर भएर भने – ” मलाई पिर पारेर लेख्नु भन्दा नि सरल मान्छे हुन मन पर्छ, आज सम्म नराम्रो वा झर्केर लेखेको पनि छैन | म बिवाह, राम्रो तस्बिर, राम्रो भिडियो, राम्रो काम, राम्रो अन्तरबार्ता सबैमा NICE लेख्ने गर्छु, र यो आज मात्र हैन धेरै भयो – आज भोलि चै साथीहरुले नोटिस गर्नु भा’को छ | कोइ – कोइ बेला त चर्को कमेन्टका बीचमा पनि NICE लेखिदिन्छु त्यसले मजाक पनि उत्पन्न गर्छ | यसरि नै भयो नाइस र नाइसजी को सुरुवात ” – सुबासजीले मुस्कुराउदै भन्नु भयो | मैले हाम्रो पेजमा राख्ने अनुमति मागे अनि बिदा लिए | सुबासजीको बारेमा बुझ्दा उहाले दुइबाट म्युसिक भिडियो र धेरैमा कुरामा समाबेस भएको कुरा पनि थाहा पायौ |

यो गफ भएको पनि अरिब एक हप्ता भयो होला – NICE को वर्षाको क्रम उतिकै तिब्र छ, अहिलेले त सुबासजी मात्र हैन सबैले पो लेख्ने गर्छन | एक फरक र रमाइलो बिषय अनि एक शब्दले कति प्रभाव पार्न सक्न भन्ने आशयमा ओ.एस नेपालले यो समाचार हजुरहरु समक्ष ल्यायो |

Comment