आजको राशिफल: बि.स.२०७४ माघ २५ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ ।

Posted By OSNepal, California, USA || Date: 7 February, 2018

र्ओएसनेपाल क्यालीफोर्निया – बि.स.२०७४ माघ २५ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रवरी ०८ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि अष्टमी १६ घडी ३७ पला,दिउसो १ बजेर २७ मिनेट उप्रान्त नवमी । नक्षत्र बिशाखा २६ घडी ३० पला,बेलुका ५ बजेर ३० मिनेट उप्रान्त अनुराधा । योग वृद्धि १७ घडि ३० पला,दिउसो १ बजेर ४९ मिनेट उप्रान्त धुव्र । करण कौलव,दिउसो १ बजेर २७ मिनेट उप्रान्त तैतिल,रातको २ बजेर ४ मिनेट उप्रान्त गर । आनन्दादिमा मुसल योग । चन्द्रराशि तुला,बिहान ११ बजेर ०५ बजेर उप्रान्त बृश्चिक । गोरखकाली पूजा।

काठमाडौंमा सूर्योदय ६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले हतियार,फलाम तथा आगो सँग सम्बन्धित काम गर्दा वा प्रयोग गर्दा हासियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — १,२ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । साझेदारि व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सरस्वत्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च बढेता पनि आम्दानिका स्रोतहरु फराकिला हुने हुँदा दैनिक कामकाजमा खासै फरक पर्ने छैन । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउनेछन् । संकट ब्याबस्थापनका लागी चालिएका कदमहरु बाट सकारात्मक नतिजा आउने हुँनाले मन प्रशन्न रहनेछ । अधिकार प्राप्तिका लागि हुने संघर्षहरुमा तपाईको बलियो पकड रहनेछ भने पर्तिपर्धिहरु हार खानेछन् । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा खुलेरै सहयोग तथा समर्थन गर्नेछन् । ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ महालक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छिमेकि,आफन्त तथा दाजुभाईहरुबाट सहयोग तथा समर्थन नहुँन सक्छ । आन्तरिक यात्राको तय हुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल पाउँन मुस्किल पर्नेछ । प्रेम प्रशङगमा अबिश्वास सिर्जना हुने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । मध्यान्हबाट कृषि तथा पशुपालन ब्याबसाय समय खर्चिनेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् ।

शुभ अंक — ५,८ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । बेलुकिपख छोटो तथा कष्टपुर्ण यात्राहुने अधिक सम्भावना रहेकोले ध्यान दिनु जरुरि देखिन्छ ।

शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको साथ रहने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि बढाउँन सके लामो समयसम्म आम्दानि भईरहनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाई नै अब्बल हुनुहुनेछ भने बादबिवाद तथा मुद्दा मामिलामा तपाईकै जित निश्चित छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा बिलाशि सामानहरु प्रयोग गर्न पाईने हुँदा दैनिकि फेरिनेछ । प्रतिष्ठित ब्याक्तिहरुको सँगत तथा भेटघाटले फरक प्रकृतिका आर्थिक योजना बनाउन सहयोग हुँनेछ । बेलुकिपख पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा नियूक्तिको गतिलो सम्भावना रहेको छ । मध्यान्हबाट सुन्दर पहिरनमा ठाटिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने पुराना तथा अल्झेर बसेका कामहरु फत्ते गर्न सकिनेछ । स्वादिष्ट भोजनका साथमा आफन्त तथा साथिभाई सँग रम्न सकिनेछ । नया काम पाउने तथा गरिरहेको ठाउमा पदोन्नती हुने प्रशस्त सम्भावना रहेकोछ ।

शुभ अंक — ४,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका बाटाहरु बढाउँन सकिनेछ । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । बेलुकिपख बिदेश यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशि सामानको ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुँनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — उत्तर

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल पाउँन सकिनेछ । सरकारि तथा प्रशासनिक मुद्दा मामिलाहरु सल्टाउदै सम्मानित जीवन यापन गर्न सकिनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ। सोचेको तथा चिताएको काममा बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा सुधार हुनेछ भने भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा,उपहार तथा पृतिक सम्पति प्राप्त हुने योग रहेको छ ।

शुभ अंक — १,७ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ भने लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । नया काम तथा गरिरहकै कामलाई निरन्तरता दिनुहोला । समयले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ ।

शुभ अंक — २,८ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)सवारि साधन चलाउदा वा बाटो हिड्दा होसियारि अपनाउँनु होला चोटपटक लाग्न तथा दुर्घटना हुन सक्छ । भौतिक सम्पति तथा रुपैया पैसा हराउने तथा लुटिने अधिक सम्भावना रहेको छ ध्यान दिनुहोला । मध्यान्हबाट समय उत्तम रहेकोले आफन्त तथा साधिभाईबाट आवस्यक सहयोग पाईने योग रहेकोछ । बिद्या तथा प्रतिष्पर्धामा बिजयको योग रहेकोछ । बिशेष योजना सार्वजनिक गराई लाभ लिन सकिनेछ । व्यापारमा बृद्धि हुने तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ ।

शुभ अंक — ४,५ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट :रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!