खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक — OSNepal

खेलकुद मन्त्री लिम्बूलाई पत्नीशोक

LC (KTM) January 12, 2024 0

काठमाडौँ, २७ पुस : युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ । मन्त्री लिम्बूकी श्रीमती गङ्गामायाको गए राति ५८ वर्षको उमेरमा निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले राससलाई जानकारी दिनुभयो । उहाँको मोरङको लेटाङस्थित आफ्नै निवासमा निधन भएको हो ।

गङ्गामाया लामो समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै अन्त्येष्टि गरिने बताइएको छ । गङ्गामायाका एक छोरा र एक छोरी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर