किन महिलालाई चिसो बढी लाग्छ ?



काठमाडौं : महिलालाई पुरुषलाई भन्दा बढी चिसो अनुभव हुने र उनीहरूलाई २ देखि ३ डिग्री सेल्सिअस बढी तापक्रममा सहज अनुभव हुने अनुसन्धानले देखाएको छ।

यस्तो किन हुन्छ त ? यूकेस्थित पोर्ट्स्मथ विश्वविद्यालयकी शरीरशास्त्री डा क्लेर एग्लिनको व्याख्या अली फरक छ।उनका अनुसार पुरुष भन्दा महिलाले चिसो महसुस अली नै बढी गर्छन् ।

मानिसको शरीरमा चिसो र तातो अनुभव गराउने विभिन्न माध्यमहरु हुने गर्दछन् । त्यसलाई छालाले निर्धारण गरेको हुन्छ ।सामान्यतया सबै मानिसको शरीरको तापक्रम एउटै भए पनि कसैले बढी चिसो महसुस गर्छन् त कसैले कम । हात र खुट्टाको तापक्रमले वातावरण कति आनन्ददायी छ भन्ने कुराको निक्यौँल गर्दछ ।

उनका अनुसार सामान्यता चिसो मौसममा महिलाका रक्तनली पुरुषको तुलनामा बढी खुम्चिन्छन् । रक्तनली खुम्चिएपछि रक्त प्रवाह कम मात्र हुन्छ । यसको असर मौसमले चाँडै थाहा पउछ त्यसैले पनि महिलालाई बढी चिसो महसुस हुन्छ ।

डा एग्लिनले यस्तो व्याख्या गरे पनि नेपालमा भने महिलाहरु चिसो मौसममा कम लुगा लगाउने गरेको देखिन्छ । अझ कलाकारले त चिसो मौसममा पनि वान पिसमै मात्र चित्त बुझाएको देख्दा पुरुषहरुलाई नै जाडो हुन्छ ।

Comment