उत्तर र दक्षिण कोरियाबीच विवाद भइरहेका बेला आजबाट शीतकालिन ओलम्पिक सुरु

Posted By OSNepal, California, USA || Date: 9 February, 2018

एजेन्सी । शीतकालिन ओलम्पिक आजदेखि सुरु हुने भएको छ । दक्षिण कोरियामा सुरु हुन लागेको यो शीतकालिन ओलम्पिक तेइसौं हो ।

उत्तर र दक्षिणको आईस हक्कि टिम संयुक्त रुपमा अन्य देशसँग भिड्ने यो ओलम्पिक उत्तर र दक्षिण कोरिया बीच विवाद भइरहेका बेला सुरु हुन लागेको यस ओलम्पिकलाई निकै महत्वका साथ हेरिएको छ ।

रुसका एथलेटिक्स खेलाडीहरु ओलम्पिकको झण्डामुनि खेल्नुपर्ने बाध्यताकाबिच खेलहरु सुरु हुँदैछन् । १७ दिन सम्म चल्ने शीतकालीन ओलम्पिकमा ३ हजार वढी खेलाडीहरुले मेडलका लागि प्रतिस्पर्धा गर्ने बताइएको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!