प्रदेश ३ को संसदीय दलको नेताका लागि राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गरेनन्

Posted By OSNepal, California, USA || Date: 9 February, 2018

काठमाडौं : प्रदेश नम्बर ३मा एमाले संसदीय नेताको चुनावी दौडबाट राजेन्द्र पाण्डे बाहिरिएका छन् । संसदीय नेता नै मुख्यमन्त्री हुने भएकाले यसलाई मुख्यमन्त्रीको दौड मानिएको छ ।

राजेन्द्र पाण्डे बाहिरपछि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोलमणी पौडेलबिच प्रतिस्पर्धा निश्चित भएको हो ।

शुक्रबार हुने चुनाबका लागि शाक्य र पौडेलले मात्र उम्मेदवारी दर्ता गरिसकेका छन् । यसअघि एमाले नेता राजेन्द्र पाण्डेले पनि यो पदमा दावी गर्दै आएका थिए ।

उपाध्यक्ष शाक्य वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको र नेता पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षबाट उम्मेदवार बनेका हुन् ।

संसदीय दलको नेतामा चुनाव जित्ने ब्यक्तिलाई प्रदेश नम्बर ३ को मुख्य मन्त्री बन्ने बाटो खुल्नेछ । मतदान ललितपुरको च्यासलमा दिउँसो १२ बजेपछि सुरु हुनेछ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!