५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला — OSNepal

५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला

LC (KTM) January 16, 2024 0

कोलम्बो, २ माघ । श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म ५ हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा ५ हजार ८२९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी १ हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा १ हजार ३९० मामिलाहरू छन्।गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो ।

जनवरीको शुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर