३० विद्यालयमा जाडो छल्न न्यानो कपडा वितरण



माघ २५, मुगु । उच्च हिमाली जिल्ला मुगुमा मंसिर महिनादेखी फाल्गुन महिना सम्म निकै जाडो हुने भएको हुँदा जाडो छल्नको लागी बिद्यार्थिहरुलाई न्यानो लुगा बितरण गरिएको छ ।
ब्याक टु लाइृफ जर्मनि को आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हिरिण्डेक नामक स्थानिय गैर सरकारी संस्थाको सहजिकरणमा मुगु जिल्लाको खत्याड गाँउपालिकामा रहेका प्राथामिक बिद्यालयमा अध्यानरत बाल विकास केन्द्र देखी कक्षा ५ सम्म पढ्ने १९ बटा बिद्यालय र सोरु गाँउपालिकामा रहेका ९ बिद्यालय तथा छाँयानाथ रारा नगरपलिका महाकाली उच्च माध्यामिक बिद्यालयमा अध्ययनरत सुस्त श्रवण भएका र प्राथामिक बिद्यालय बालमन्दिर चैनमा अध्ययनरत दृश्टी बिहीन बिद्यार्थि गरीहरुका लागि न्यानो लुगा वितरण गरिएको संस्थाले जनाएको छ ।

विभिन्न ३० वटा बिद्यालयमा अध्ययनरत २ हजार ४ सय ३८ जना बिद्यार्थिहरुलाई चिसो बाट बच्नको लागी पाईन्ट,सट र सुईटर बितरण गरीएको तथा बिद्यालयमा शैक्षिक सामाग्री,खेलकुद सामाग्री, तथा भौतिक पूर्वधार सम्बन्धी ७ बर्ष पहिला बाट काम गर्दै आईरहेको मानव अधिकार तथा वातावरण बिकास केन्दका कार्याक्रम संयोजक नवराज रावतले बताएका छन् ।

आर्थिक अवस्था कमजोर रहेका घर परिवारका बालबालिकालाई जाडोको समयमा वितरण गरिएको न्यानो कपडाले निकै राहत प्रदान गरेको छ भने विद्यालय नआउने बालबालिका पनि कपडा वितरण पछि नियमित आउन थालेका छन ।
यसरी संस्थाले एक जना विद्यार्थीलाई दुई हजार पाँच सय बराबरका कपडा वितरण गरे देखि विद्यालय आउने बालबालिकाको संख्यामा वृद्धि भएको बताईएको छ । विद्यालय भर्ना अभियानका समयमा कपडा वितरण गर्दा विद्यालय जाने उमेर समुहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको रावतले जनाएका छन् ।

Comment