विभिन्न विधाका व्यक्तित्व पुरस्कृत


२७ माघ (रासस) – चेतना संरक्षण प्रतिष्ठानले विभिन्न विधाका पाँच जनालाई पुरस्कृत एवं सम्मानित गरेको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानले कला संस्कृति, साहित्य, पत्रकारिता, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरुलाई पुरस्कृत गरेको हो । प्रत्येक पुरस्काकारको राशि रु ५१ हजारको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति भक्त श्रेष्ठ (सरुभक्त) ले ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ यादवचन्द्र भूर्तेललाई प्रदान गर्नुभयो । सो प्रतिष्ठानकी अध्यक्ष साहित्यकार गङ्गा सुवेदीले सो पुरस्कार आफ्ना आमाबुवाको सम्झनामा स्थापना गर्नुभएको हो ।

त्यसैगरी, समाजसेवी हरिभक्त सिटौलाद्वारा आप्mना आमाबुवाको सम्झनामा स्थापित ‘धर्मानन्द रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ समालोचक डा लक्ष्मण गौतमलाई प्रदान गरिएको छ ।

‘बालकिसन÷नर्वदादेवी मुन्धडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ धर्म संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका मणिराज जोशीलाई प्रदान गरियो । उक्त पुरस्कार समाजसेवी देवकिशन मुन्धडा र देवेनरा परिवारले स्थापना गरेका हुन् ।

समाजसेवी दीनबन्धु गोयल र उषादेवी गोयलले आफ्ना दाजुको सम्झनामा स्थापना गरेको ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी तथा एबिसी नेपालका अध्यक्ष दुर्गा घिमिरेलाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले वरिष्ठ पत्रकार दुर्गानाथ शर्मालाई ‘नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । समाजसेवी दिनेश सुवेदीले भाईको सम्झनामा उक्त पुरस्कार स्थापना गरेको छ ।

विसं २०६१ मा स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष माघ महिनाको अन्तिम शनिबार पुरस्कार प्रदान गर्दै आएको छ ।

Comment