प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य — OSNepal

प्रधानमन्त्री क्रिकेट कप : गण्डकीलाई एक सय ९९ रनको लक्ष्य

LC (KTM) January 23, 2024 0

काठमाडौं, माघ ९ गते । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिबि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो ।

बागमतीका लागि आशुतोष घिराइयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाउनुभयो । त्यस्तै विपीन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाउनुभयो । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाउनुभयो ।त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिनुभयो । यस्तै विपीन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिनुभएका थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर