दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई

Posted By OSNepal, California, USA || Date: 11 February, 2018

दक्षिण कोरियाका राष्ट्रपति मून जे इनलाई उत्तर कोरिया भ्रमणका लागि निमन्त्रणा गरिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भ्रमण गर्न राष्ट्रपति मूनलाई निमन्त्रणा गरेको राष्ट्रपति कार्यलय ब्लु हाउसले जनाएको छ । किमको निमन्त्रणाको सन्देश किमकी बहिनी किम यो जङले आज मूनसँगको भेटवार्ताका क्रममा मौखिकरुपमा दिएकी हुन् ।

शितकालिन फ्याङछाङ ओलम्पिक गेमको उद्घाटन शत्रमा सहभागिता जनाउन दक्षिण कोरिया आएका किमकी बहिनी, उत्तर कोरियाका उच्च तहका नेताहरु र राष्ट्रपति मूनबीच आज ब्लु हाउसमा भेटवार्ता भएको थियो । किमको विशेष दूतको रुपमा समेत आएकी किमकी बहिनी जङले उत्तर कोरियाली नेता किम राष्ट्रपति मूनलाई स्वागत गर्न आतुर रहेको बताएको राष्ट्रपतिका प्रवत्ता कि युई किमले बताएका छन् । उनले किमको निमन्त्रणा पत्रमा पनि राष्ट्रपति मूनलाई दिएकी छिन् । उनले किम दुइ मुलुकबीचको सम्बन्ध सुधारका लागि इच्छुक रहेको बताइन् । राष्ट्रपति मूनले भ्रमणको निमन्त्रणा स्वीकार गर्दै निकट भविष्यमा आवश्यक छलफल र शर्त पुरा गरेपछि भ्रमण गर्ने बताएको पनि ब्लु हाउसले जनाएको छ । मूनले उत्तर कोरियाको ओलम्पीक्समा भएको उच्च स्तरको भ्रमणलाई दुइ कोरियाबीचको सम्बन्ध सुधार र कोरियाली प्रायद्धिपको तनाब मत्थर पार्ने अवसरका रुपमा लिएको बताएका छन् ।

शितकालिन ओलम्पिकमा उत्तर कोरियाले सहभागिता जनाउने निर्णयपछि दुइ कोरियाबीचको सम्बन्ध सुधार हुने संकेत देखिएको थियो । पछिल्लो समयमा भएको भेट र निकट भविष्यमा हुन सक्ने राष्ट्रपति मूनले भ्रमणले सन् १९५०–५३को युद्धपछिको तिक्ततापुर्ण सम्बन्ध अन्त्य हुने आशा दक्षिण कोरियाली नागरिक र विश्व समूदायले लिएका छन् ।
स्रोत: हेल्लोनेपाल कोरिया डट्कम

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!