अवैतनिक बाणिज्यदुत मकर हमाल र पोर्तुगिज इमिग्रेशन अफिसर बीच भेटबार्ता



वाई बि तमु ,लिस्वन , १० फेब्रुवरी २०१८ – लिस्वनका लागि नेपाली अवैतनिक वणिज्यदुत मकर बहादुर हमाल र पोर्तुगिज इमिग्रेशन अफिसर बीच पोर्चुगलमा बसोवास गर्ने नेपाली आप्रवाशीहरुको बिबिध समस्याका बारेमा जानकारी दिने उद्देश्य स्वरुप एक बिशेष भेट भएको छ ।
बिशेष गरि पोर्चुगलमा बसोवास गर्ने आम नेपालीहरुले दैनिक भोग्दै आएको मुख्य समस्या फिनान्स नम्वर दर्ता प्रक्रिया र सोसिएल नम्वर दर्ता यी दुई प्रमुख समस्या लगायत अन्य बिबिध समस्याहरुको समाधान कसरि गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य अनुरुप उक्त भेट घाट भएको कुरा अवैतनिक वाणिज्यदुतका बिशेष सल्लाहकार अशोक घिमिरेले हामीलाई बताए ।

घिमिरेले बताए अनुसार ” आप्रवाशी सहयोगी केन्द्रका(Centros Nacionais de Apoio ao Imigrante (CNAI) डाइरेक्टर द्वय डा मारियो रिबेइरा तथा डा रोमु अल्डा फ़र्नाण्डेज र बाणिज्यदुत मकर बहादुर हमाल बीच करिव २ घण्टा पोर्चुगलमा बसोवास गर्ने नेपालीहरुको बिबिध समस्याका बारेमा अबगत गराउनु भएको थियो “।

उक्त भेट वार्तामा “आप्रवाशी सहयोगी केन्द्रका डाइरेक्टर द्वय डा मारियो रिबेइरा तथा डा रोमु अल्डा फ़र्नाण्डेज द्वारा नेपाली हरुको उक्त समस्याहरु समाधानमा तत्काल उपल्लो निकाएमा ब्रिफ़िङ्ग गर्ने र छिट्टै समाधानको उपाए निकाल्ने आस्वाशन दिएको कुरा उक्त भेटमा प्रत्यक्ष सहभागी अशोक घिमिरेले बताए ।

आप्रवाशी सहयोगी केन्द्र(Centros Nacionais de Apoio ao Imigrante (CNAI) मा हुने भाषिक समस्या समाधानका लागि हेल्प नेपाल डेस्क राख्नु पर्ने वा एकजना नेपाली भाषी कर्मचारी राख्नु पर्ने माग राखिएको र उक्त विषयका बारेमा पछि फेरी छलफल गर्ने कुरा पोर्तुगिज अधिकारीहरुले आस्वस्त परेको कुरा उक्त भेटवार्तामा सहभागी एनआरएनए,पोर्चुगलका अध्यक्ष कुवेर कार्कीले हामीलाई वताए ।

यस भन्दा अगाडिको एनआरएनए,पोर्चुगलको कार्य समितिले पनि यस सम्बन्धि पहल गरेको थियो तर आश्वासन मात्र पाएको थियो कार्वान्वयन भने भएको थिएन आशा गरौ यो पटकको भेट वार्ताले सफलता पाए पोर्चुगलमा बसोवास गर्ने हजारौ नेपाली आप्रवाशीहरुलाई ठुलो मद्दत हुने छ ।

उक्त भेटमा पर्वत समाज पोर्चुगलका पुर्व अध्यक्ष तथा वर्तमान एन आर एन सदस्य राजा कुमार मल्ल पनि सहभागी थिए ।

Comment