जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ — OSNepal

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

LC (KTM) January 26, 2024 0

कास्की, १२ माघ – पोखरा महानगरपालिका(७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका(१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर