अध्यक्ष नेपालसँग उपमन्त्री हेयानको शिष्टाचार भेट — OSNepal

अध्यक्ष नेपालसँग उपमन्त्री हेयानको शिष्टाचार भेट

LC (KTM) January 27, 2024 0

काठमाडौँ, १३ माघ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले शिष्टाचार भेट गर्नुभएको छ ।

उपमन्त्री हेयानले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर भेटवार्ता गर्नुभएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, सांस्कृतिक आदानप्रदान, भ्रमण गर्नेलगायतका विषयमा छलफल भएको छ ।

यसैबीच उपमन्त्री हेयानले सम्मानित नेता झलनाथ खनाललगायत नेतालाई भेट्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर