साहित्यकार एवम् पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गरिने — OSNepal

साहित्यकार एवम् पूर्वप्रधानमन्त्री चन्दलाई नागरिक अभिनन्दन गरिने

LC (KTM) February 08, 2024 0

सुदूरपश्चिम, २५ माघ : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । उहाँलाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो ।
नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री चन्दको ८४औँ वसन्त पूजनको अवसरमा उहाँलाई रथारोहणसहित अभिनन्दन गरिने जानकारी दिइयो । सो अवसरमा मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले नेपाली सहित्य र राजनीतिको क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्मान गर्न उहाँलाई अभिनन्दन गर्न लागिएको बताउनुभयो ।

साहित्यकार चन्दका पाहुना घर, विसर्जन, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत कृति प्रकाशित छन् । वरिष्ठ साहित्यकार चन्दको ‘विसर्जन’ कृतिले २०५४ सालमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ पाएको थियो । चार पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसक्नुभएका चन्दलाई नागरिक अभिनन्दन गर्न सुदूरपश्चिमका लेखक, कवि, साहित्यकार र समाजसेवीको भेलाले नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर