सभापति देउवाद्वारा सोनाम ल्होछारको शुभकामना — OSNepal

सभापति देउवाद्वारा सोनाम ल्होछारको शुभकामना

LC (KTM) February 10, 2024 0

काठमाडौँ, २७ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना दिनुभएको छ ।

“सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा छन्, सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि छ, यी पर्वले नेपाली समाजमा सामाजिक सद्भाव बढाउँदै आएका छन्”, विज्ञप्तिमा भनिएको छ ।सभापति देउवाले ल्होछार पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर