नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि — OSNepal

नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि

LC (KTM) February 10, 2024 0

पर्सा, २७ माघ : वीरगन्जको नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उलेख्य वृद्धि भएको छ । अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख १० हजार चार सय २६ बिरामी उपचारका लागि अस्पताल आएको तुलनामा चालु आवको सोही अवधिमा २५ हजार दुई सय ७६ जना बढी अर्थात् एक लाख लाख ३५ हजार सात सय दुई बिरामीले उपचार गराएको नारायणी अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाँले अस्पतालबाट वितरण गरिने सेवाप्रति जनमानसमा बढ्दै गएको विश्वासले बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।

अस्पतालमा उपचार गराउनेहरुमा नेपाली मात्र नभई १० प्रतिशतभन्दा बढी सीमावर्ती भारतीय सहरबाट आउने बिरामी रहेका सूचना अधिकारी सिंहले जानकारी दिनुभयो । अस्पतालबाट उपलब्ध गराउने सेवा अन्य अस्पतालको तुलनामा ४० प्रतिशतसम्म सस्तो र गुणस्तरीय भएकाले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती भारतीय सहरबाट दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर