‘कृ’ हेर्दा ‘शत्रु गते’ को टिजर उपहार !

Posted By OSNepal, California, USA || Date: 12 February, 2018

चलचित्र ‘शत्रु गते’ को टिजर हलमा रिलिज भएको छ । टिजर हलमा ‘कृ’ चलचित्र हेर्न जाने दर्शकले हेर्न पाउने छन् । प्रदर्शनरत चलचित्र ‘कृ’ हेर्ने दर्शकलाई ‘शत्रु गते’ को टिजर उपहार हुने निर्माण पक्षले जनाएको छ ।

हरिवंश आचार्यको कथा रहेको चलचित्रको पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरीले लेखेका हुन् । यसमा सुटिंग दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । चलचित्रमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

चैत्र ९ मा रिलिज हुने तयारीमा रहेको यस चलचित्र मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो भने किरण केसीले निर्माण गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको मुख्य भूमिका रहेको छ ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!