हेर्नुस् अनमोलको स्टारडम ! ,उनलाई देखेर रुने देखी चिच्याउने सम्म

Posted By OSNepal, California, USA || Date: 12 February, 2018

युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ शुक्रवारबाट देशैभर प्रदर्शनमा भैरहेको छ । अल नेपाल १ सय १५ हलको पर्दा पाएको यस चलचित्रले शुक्रवार सुखद ओपनिङ गर्दा शनिवार बम्पर कलेक्सन गरेको छ ।

चलचित्रको मिश्रित प्रतिकृया आएतापनी अनमोलको जवर्जस्त फ्यान फलोअर्सका कारण चलचित्र हेर्न आउने दर्शकमा कुनै कमी आएको छैन । अनमोल संग सेल्फी र उनलाई एक झल्को हेर्नका निमित्त उनको फ्यानको क्रेज हेर्दा लाग्छ उनिहरु कुनै युद्ध जित्न लड्दैछन् ।

मंगलवार महाशिवरात्रीको सार्वजनिक विदा भएका कारण ‘कृ’ को कलेक्सन केही माथि हुने निर्माण यूनिटको आशा छ । अनमोलको क्रेजले चलचित्रको इनिसियल व्यापारमा ठूलो फाइदा पुगेको छ ।

चलचित्रमा अनमोल संगै नव-नायिका अदिती बुढाथोकी, नायक अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!