इंग्लिस प्रिमियर लिगः चेल्सीको शानदार जित



काठमाडौं: इंलिस प्रिमियर लिगमा चेल्सीले मंगलबार रातिको खेलमा शानदार जित दर्ता गरेको छ । गएराति भएकोखेलमा वेष्टब्रोमलाई ३–० ले हराउँदै चेल्सीले शानदार जित दर्ता गरेको हो ।

मंगलबारराति घरेलु मैदान स्टामफोर्ड व्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन इडेन हजार्डले पहिलो हाफको २५ तथा दोस्रो हाफको ७१ मिनेटमा गरी २ गोल गरेका थिए । चेल्सीका लागि तेसे गोल भिक्टर मोएसले गरे ।
गएरातिको खेलमा जित दर्ता गरेसँगै चेल्सी टोटनह्यामलाई उछिन्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । सन् १९८३ यता चेल्सीको घरेलु मैदानमा भएका कुनै पनि खेलमा बेष्टब्रोमले चेल्सीलाई हराउन सकेको छैन ।

Comment