त्रिकोणात्मक टि-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने — OSNepal

त्रिकोणात्मक टि-२० आई सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

LC (KTM) March 03, 2024 0

काठमाडौँ, २० फागुन : त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाडेका छन ।

योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ । यता नामिबियाले भने तीन अङ्क जोड्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएसँगै खेल रोकिएको थियो । खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरेहेका थिए ।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल यही फागुन २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर