पहिलो चरणमा काठमाडौँ महानगरपालिकामा ३७ हजारभन्दा बढी बालबालिकाले लगाए खोप — OSNepal

पहिलो चरणमा काठमाडौँ महानगरपालिकामा ३७ हजारभन्दा बढी बालबालिकाले लगाए खोप

LC (KTM) March 04, 2024 0

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले यही फागुन १६ देखि सुरु गरेको रुबेला दादुरा खोप कार्यक्रमको पहिलो चरणमा हजार ३७ हजार छ सय ७२ बालबालिकाले खोप लगाएका छन् ।यसअघि ३२ वटै वडामा एकै चरणमा खोप अभियान सञ्चालन गरेको महानगरले यसपटक भने दुई चरणमा कार्यक्रम सञ्चालन गरेको थियो । महानगरका खोप कार्यक्रमका फोकल पर्सन मैयाँ सैजुले पहिलो चरणमा वडा नं १, २, ३, ८, ९, ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ खोप कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले असोजदेखि १३ वटा वडा ४, ५, ६, ७, १०, १३, १४, १५, १६, २९, ३०, ३१ र ३२ मा खोप कार्यक्रम सँगै नियमित खोप पनि प्रदान गरिने कार्यतालिका रहेको जानकारी दिनुभयो ।

स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअनुसार काठमाडौँ महानगरमा नौ महिनामाथि र पाँच वर्षमुनिका ४१ हजार ९२ जना बालबालिका देखाएको छ । उनीहरुलाई रुबेला दादुरासँगै छुटेको वा नियमित तालिकामा आएको खोप पनि दिइनेछ । यसरी दिइने खोपमा डिपीटी, हेप बी–हिब, पिसीभी, आइपिभी छन् । यस्तै पाँच वर्षमाथि १५ वर्ष उमेर तलका बालबालिकाको सङ्ख्या एक लाख एक हजार एक सय २९ छ । प्रणालीमा आबद्ध नभएका बालबालिकाको सङ्ख्यासँगै महानगरले दुई लाख ४६ हजारलाई खोप दिने लक्ष्य राखेको छ ।

रुबेला दादुरा खोप किन ?

रुबेला दादुराको खोप नौ महिनादेखि माथि र १५ वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप दिइरहेको छ । तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियान सञ्चालन गरिएको हो ।

आर्थिक वर्ष २०७२÷७३ र २०७६÷७७ मा पनि यो अभियान चलाइएको थियो । २०७६÷७७ मा ८४ प्रतिशतमा खोपको पहुँच पुगेको थियो । यससँगै नेपालमा फैलिएको कोभिड–१९ का कारण खोप कार्यक्रममा कोभिडकै खोप सेवा प¥यो । यस कारण आव २०७९÷८० मा दादुराका बिरामी बढ्न थाले । नेपालले सन् २०२६ सम्ममा रुबेला दादुरा निवारण गर्ने प्रतिबद्धता जनाएको छ ।

कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा उनीहरुले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट, हेपाटाइटिस बी,–३ डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पोलियो, र नौ महिना पूरा भएपछि रुबेला दादुराको खोप–१ डोज दिएको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर